Loktantra Khabar National Weekly
Ad

रमजान पर्व मनाउन उन्नाइस सय मुस्लिम परिवारलाई खाद्यान्न सामाग्री वितरण

लोकतन्त्र खबर
२६ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन २६
रमजान पर्वको अवसरमा इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपालले उन्नाइस सय भन्दा बढी  बिपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
रमजान फूड  डिस्ट्रीब्यूसन् २०२५ कार्यक्रम अन्तर्गत मुस्लिम समुदायका अती गरिब तथा  विपन्न  घरपरिवारलाई प्रति परिवार ६ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको हो। प्रति घरपरि सो मुल्य बराबरको  चामल,दाल,चिनी,खाने तेल,सनफ्लावर,नुन,सेबई, खजुर,छहोरा,जुस लगायतका खाद्यान्न सामग्री वितरण गरिएको छ।
बागमती सेवा समाज नेपाल हरिवनका अध्यक्ष भरत कार्कीले खाद्यान्न सामग्रीले बिपन्न परिवारलाई पर्व मनाउन सहयोग हुने साथै  केही आवश्यकता भए पनि पुरा हुने बताए ।
रमजान पर्वको लागि भनेर सर्लाहीको ईश्वरपुर र हरिपुर नगरपालिकामा गरि जम्मा  १९०६ मुस्लिम घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको थियो। वितरण कार्यक्रममा बागमती सेवा समाज नेपालका नथुनी मण्डल ,रजनिश कुमार सिंह लगायतका कर्मचारीहरुले सकृय भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: