Loktantra Khabar National Weekly
Ad

होटल व्यवसायी मुकेश माथि कुटपिट, दोषी माथि कारवाहीको माग

लोकतन्त्र खबर
२७ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही २७ फागुन । मलंगवा स्थित अन्नपुर्ण होटलका संचालक मुकेश प्रजापती माथि कुटपिट भएको छ । गत फागुन २१ गते रातिको साँढे १० बजेको समयमा मलंगवा नगरपालिका १० स्थित जानकी पार्टी प्यालेस नजिक प्रजापती माथि ज्यान मार्ने उद्देश्यका साथ कुटपीट भएको होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले जनाएको छ ।

 

होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले होटल व्यवसायी मुकेश प्रजापतिमाथि भएको आक्रमण र कुटपिटको घटनाको घोर निन्दा गर्दै दोषी उपर कडा कारवाहीको माग गरेको छ । होटल व्यवसायी संघले प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तत्काल पक्राउ गरि कानूनी कारवाही अघि बढाउन जोडदार माग गरेको हो ।

 

होटल तथा पर्यटन व्यवसायीलाई स्थानीय प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न र दोषी माथि कारवाहीको माग गरेको छ । संघका जिल्ला अध्यक्ष राजेश कुमार शर्माले हस्ताक्षर गरी जारी गरेका विज्ञप्तीमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका सदस्य समेत रहेको प्रजापति माथि भएको कुटपिटका दोषी उपर प्रहरीले तत्काल कारवाही प्रकृया अगाडी नबढाए सशतm आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: