क्यानडासँग अन्तिम खेलमा डेब्यू गरेका हेमन्त धामी, पहिलो खेलमा डेब्यू पाएका रिजन ढकाल र नेपाली टोलीबाट बाहिरिएका प्रतिश जि.सी तीव्र गतिका बलर छन् ।
सिनियर टोलीमा पर्न यहाँ यी तीन जनाबीच कडा प्रतिस्पर्धा हुनेछ । नेपालका टी-२० विशेष खेलाडी सन्दीप जोरा र विवेक यादव पनि छन् । शेर मल्ल, सागर ढकाल र बसिर अहमद स्पिनरको रुपमा छन् ।
यू-१९ क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका अर्जुन कुमाल, प्रधानमन्त्री कपमा राम्रो प्रभाव छाडेका मयन यादव, आशुतोष घिरैया र सुजन थपरिया जस्ता ब्याटरको लागि पनि यो अवसर हुनेछ ।
मुलपानीमा स्पिनर साद बिन जफर हाबी हुन सक्छन् । निकोलस किर्तोन, आरोन जोनसन र परगत सिंह प्रमुख ब्याटर हुन् ।
नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहनेछन् । दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ । अनलाइन खबर