अपराह्न ५ः४५ बजेतिर उनले ‘भोक लाग्यो, चिया खान होटलमा जाउँ’ भनेकाले आफू आरोपीसँगै हिँडेको उनले बताएकी छन् । त्यसक्रममा आफूलाई विभिन्न बहाना बनाएर काठमाडौं–११, सुन्धारास्थित सिक्लेस गेष्ट हाउसमा लगेको उनले भनेकी छन् ।
कोठामा लगेर आफूलाई जबरजस्ती करणी गरेको भन्दै उनले जाहेरी दिएकी छन् । आरोपी तिरुवाले भने आफ्नो खुट्टाले उनको खुट्टामा छुनासाथ जाहेरवालाले बाहिर निस्किएर कोठाको चुकुल लगाएको दाबी गरेका छन् ।
‘त्यसपछि मैले ढोका ढक्ढक्याउँदा कसैले खोलेनन्, पछि प्रहरी आएर ढोका खोलेर मलाई लिएर गएको हो’, उनले भनेका छन् ।
प्रहरीले घटना भएका बेला पीडितले फोन गरेको एक जना व्यक्तिसँग पनि बयान कागज गराएको छ । ती व्यक्तिका अनुसार, पीडितले त्यो दिन आफूलाई तिरुवाले बलात्कार गरेको भन्दै रुँदै फोन गरेकी थिइन् ।
‘मैले निजलाई गेष्ट हाउसको कोठामा थुनेर राखेको छु, तत्काल प्रहरीलाई बोलाइदिनुपर्यो भन्दै रुँदै फोन गरेको हुँदा मैले १०० मा फोन गर, म आउँछु भनेको थिएँ’, उनले भनेका छन् ।
घटनाबारे अनुसन्धान सकेर प्रहरीले जबर्जस्ती करणीको कसूरमा तिरुवाविरुद्ध सजायको माग गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । त्यही प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा आइतबार मुद्दा दर्ता भएको छ । अनलाइन खबर