लोकतन्त्र समाचारदाता—
सर्लाही,फाल्गुन १८
विगत दुई दशकदेखि निरन्तर दलित समुदायको हक, अधिकार,न्याय र समानताका लागि क्रियाशील रहदै आउनु भएका दलित अधिकारकर्मी एवं समाजशास्त्री राजेश पासवान सर्लाही जिल्लामा दलित समुदायबाट पहिलो अधिवक्ता बन्न सफल हुनु भएको छ।
जिल्लाको कबिलासी नगरपालिका वडा न-८ निवासी पासवन नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले गत पौषमा सञ्चालन गरेको ३१ औँ अधिवक्ता तहको लिखित परीक्षामा नाम निकाल्न सफल भइ दलित समुदायबाट सर्लाही जिल्लामै पहिलो अधिवक्ता बन्न सफल हुनुभएको हो।
पासवान बि एड ,एम ए र कानुनमा एल एल बि उतिर्ण गरेका छन् ।
मधेश प्रदेशमा दलित अधिकारको लागि सधै सक्रिय रुपमा लागि पर्ने पासवान समुदायको लागि प्राज्ञिक ढंगबाट वकालत गदै आएका छन् ।
उहाँ अहिले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको जिल्ला अध्यक्षको साथसाथै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE) सर्लाहीको संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।