Loktantra Khabar National Weekly
Ad

कर्णालीमा कांग्रेस मन्त्रीले राजीनामा दिँदै

लोकतन्त्र खबर
२२ फाल्गुन २०८०

सुर्खेत। केन्द्रमासर सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिने भएका छन्।  आज नै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले राताेपाटीलाई जानकारी दिए ।

‘केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुकाे औचित्य भएन, ‘ उनले भने, ‘हामी मार्ग प्रशस्त गरिदिन्छाैँ ।’ ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ‌।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजीनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: