लोकतन्त्र समाचारदाता—-
सर्लाही,फाल्गुन ३०
जिल्ला समन्वय समिति कार्यालय सर्लाहीमा भर्खरै नयाँ जिल्ला समन्वय अधिकारीको जिम्मेवारी सहित आएका जिल्ला समन्वय अधिकारी कमल कार्कीलाई जिसस कार्यालयमा स्वागत गरिएको छ ।
बुधवार बिहान औपचारिक कार्यक्रमको आयोजना गरि सभापती कौशल किशोर सिंह,उपसभापती जितेन्द्र कुशवाहा लगायत जिसस मा कार्यरत कर्मचारीहरुले जि.स अ कार्कीलाई स्वागत गरेका हुन ।
जि.स.अ कार्की यसअघि जिल्लाकै हरिपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हादै आएका थिए।
प्रतिक्रिया दिनुहोस्: