Loktantra Khabar National Weekly
Ad

१ लाख २० हजारले पाए माण्डुको आईपीओ

लोकतन्त्र खबर
२४ भाद्र २०८०

काठमाडौँ । माण्डु हाइड्रोपावरको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज सेयर बाँडफाँड गर्दै उक्त आवेदकलाई परेको जनाएको हो ।

क्यापिटलका अनुसार कूल आवेदकमध्य ‘लक्की ड्र’मार्फत १ लाख २० हजार ५३२ आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुलाएको थियो ।

माण्डु हाइड्रोपावरले सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर बिक्री खुलाएको थियो । आईपीओमा १० लाख १६हजार ७१४ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।   रातोपाटी

 

प्रतिक्रिया दिनुहोस्: