लोकतन्त्र समचारदाता—-
मलंगवा,जेठ १७
जिल्ला प्रहरी कार्यालय मलंगवाले भारतबाट भन्सार छलेर भित्र्याएको झण्डै साढे ५ लाख मुल्य बराबरको विभिन्न सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा तथा मातहतका प्रहरी चौकीबाट गस्तीमा खटिएका प्रहरी टोलीले बुधबार भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको युरिया मल, विभिन्न किसिमको लत्ताकपडा, किरानाका आइटमहरु, पेय पदार्थ, स्टेश्नरी र कस्मेटिक सामानहरु लगायत ती सामानहरु बोकेर ल्याएको एउटा मोटरसाइकल समेत गरी अन्दाजी ५ लाख ४१ हजार ३ सय रुपैयाँ बराबरको मालसामान नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागि मलंगवा भन्सार कार्यालय बुझाईएकाे जिप्रका सर्लाहीका सूचना अधिकारी एवं डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: