Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः अखलेश बैठा दोहोरिए

लोकतन्त्र खबर
१७ असार २०८१

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ १६

राष्ट्रिय दलित पत्रकार संघ सर्लाहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको अधिवेशनबाट पुनः अखलेश बैठाको अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।

सर्वसम्मतिले चयन भएको जिल्ला कार्यसमितिको उपाध्यक्षमा राकेश घनकार,सचिवमा अरविन्द बैठा,कोषाध्यक्षमा अर्चना कुमारी रामसहित संतोष राम,राजन बैठा र यशोधा तिमिल्सिना रहेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: