Loktantra Khabar National Weekly
Ad

सुर्खेतमा पहिरोले पुरिंदा बालकको मृत्यु

लोकतन्त्र खबर
१८ असार २०८१

काँक्रेविहार (सुर्खेत)  असार १७, भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए ।

प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विष्टले बताए ।  घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: