Loktantra Khabar National Weekly
Ad

६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन

लोकतन्त्र खबर
१८ असार २०८१

२६ जना अझै फरार

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।

६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ।

प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्।

सिआइबीले पक्राउ परेकाहरूबाट २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: