Loktantra Khabar National Weekly
Ad

दाङको बबई नदीमा एक महिला बेपत्ता

लोकतन्त्र खबर
२० असार २०८१

दाङ असार १९ , दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: