![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/07/gold-sun-1024x676-1.jpg)
काठमाडौं असार १८ , सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: