Loktantra Khabar National Weekly
Ad

हरिपुर नगरपालिकाको सखुवामा कुकुर आतंक

लोकतन्त्र खबर
२४ असार २०८१

मनोज यादव—-
सर्लाही, असार २३

सर्लाहीको हरिपुर नगरपालिका वडा न–२, सखुवामा कुकुरको आंतक सुरु भएको छ।

केही दिनदेखि दैनिकजसो नजिकैको जंगलबाट निस्कने ६-७ वटा कुकुरहरुको झुण्डले चरिचरणका लागि लगिएका बाख्राहरुसहित मानिसहरु माथि हमला गर्न थालेपछि स्थानीयबासीहरु आतंकित बनेका छन् ।

दैनिकजसो अचानक जङ्गलबाट निस्कने कुकुरहरुको झुण्डले अचानक हमला गरेर चरिरहेका बाख्रा र पाठहरु मार्न थालेको र धपाउन खोज्दा मानिसहरु माथि पनि हमला गरि टोकेर घाइते बनाउने गरेको स्थानीयहरुले बताएका छन् ।

कुकुरहरु स्थानीय बासु हुमागाईं, पद्मबहादुर बल, शम्भु पौडेल, अर्जुन पौडेललगायतको बाख्रा मारिसकेको जनाइएको छ ।

ति कुकुरहरु कहाँबाट आए भन्ने खुल्न नसकेको स्थानीयले बताएका छन्।

कुकुरहरुको आंतकबाट डराएर गाउँ नजिकको जङ्गलमा घाँस, दाउरा लिन र वस्तुभाउ चराउन जान छोडिसकेको स्थानीयले बबिता धामीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: