![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/07/jimbabbe0.jpg)
एजेन्सी । भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै हात पारेको छ ।
हरारेमा शुक्रबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।
जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । श्रृङखलाको अन्तिम खेल आज बेलुका हुनेछ ।
भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो । अनलाइन नेपाल
प्रतिक्रिया दिनुहोस्: