दक्षिण भारतीय अभिनेता कमल हासन अभिनीत फिल्म ‘इन्डियन २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले ३ दिनमा विश्वभरबाट १०९ करोड १५ लाख भारू कमाएको छ। यसले भारतीय बक्स अफिसमा ५९ करोड १५ लाख भारू कमाएको हो। यो फिल्म तमिल, हिन्दी र तेलुगु भाषामा प्रदर्शन भइरहेको छ।
एस शंकर निर्देशित फिल्ममा कमल हासनले एक स्वतन्त्रता सेनानीको भूमिका निर्वाह गरेका छन्। यो सन् १९९६ मा रिलिज भएको तमिल फिल्म ‘इन्डियन’ को सिक्वेल हो। जसको हिन्दी संस्करणमा ‘हिन्दुस्तानी’ नाम राखिएको छ।
फिल्ममा कमल हासनसँगै सिद्धार्थ, रकुलप्रीत सिंह, काजल अग्रवाल, एस जे सूर्या, प्रिया भवानी शंकर, नेदुमुदी वेणु, विवेक कालीदास जयराम, गुल्सन ग्रोवर, समुथिरकानी, बबी सिन्हालगायत कलाकारको अभिनय छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: