Loktantra Khabar National Weekly
Ad

बलिउडमा डेब्यू गर्दै ओरी!

लोकतन्त्र खबर
१३ श्रावण २०८१

बलिउड अभिनेत्रीहरूसँग फोटोमा देखिने ओरी कुनै न कुनै कारण चर्चामा आइरहन्छन्।

उनी हरेक बलिउड पार्टीमा सहभागी हुन्छन्। पछिल्लो समय उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा पनि सहभागी भएका थिए। अब उनी बलिउडमा डेब्यू गर्ने तयारीमा छन्।

ओरीले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘तपाईहरूसँग फिल्ममा भेट्ने छु,’ उनले लेखेका छन्।

ओरीको पुरा नाम हो, ओरहान अवत्रामणि। पछिल्ला समय उनी अभिनेत्री जान्हवी कपूर, न्यासा देवगन र सारा अली खानलगायत अभिनेत्रीसँग देखिँदै आएका छन्।

ओरी मुम्बईको सामाजिक कार्यकर्ता हुन्। उनी अभिनेत्री सारा अली खानसँगै कोलम्बिया युनिभर्सिटीमा पढाइ गरेका थिए।

उनी बलिउडको ‘बिएफएफ’ को रूपमा पनि चिनिन्छन्। उनी पछिल्लो समय आफ्नो बोल्ड फेसन छनोट र फ्यान फलोइङको कारण चर्चामा छन्।

उनी मुम्बईको व्यवसायी पनि हुन्। रिलायन्स इन्डस्ट्रिज लिमिटेड चेयरपर्सन अफिसमा उनी विशेष परियोजना प्रबन्धकको रूपमा काम गर्छन्। यसबाहेक उनले न्यूयोर्कको पार्सन स्कुल अफ डिजाइनबाट फाइन आर्ट्स र कम्युनिकेशन डिजाइनमा स्नातक गरेका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: