Loktantra Khabar National Weekly
Ad

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

लोकतन्त्र खबर
१५ श्रावण २०८१

रौतहट । रौतहटबाट चोरीको  मोटरसाइकल सहित एकजना मानिस पक्राउ परेका छन्। पक्राउ पर्नेमा माधव नारायण नगरपालिका १ दिपही गाउँका वर्ष २७ का शिवचन्द्र प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

चन्द्रपुर नगरपालिका ४ मुस्लिम टोलका २४ वर्षीय हसन सरिफको नाउँमा रहेको प्रदेश २ – ०२८ प ७८३४ नम्बरको उक्त मोटरसाइकल गत साउन ११ गते राती उनको घरैबाट चोरी भएको थियो।

चोरीको भोलिपल्ट सरिफले इलाका प्रहरी कार्यालय चन्द्रनगाहपुरमा दिएको निवेदनको आधारमा  जायसवाललाई मोटरसाइकल सहित पक्राउ गरेको हो।

जैसवालमाथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: