Loktantra Khabar National Weekly
Ad

बारा प्रहरीले ६४ लाख ५८ हजार बराबरको अवैध सामान नियन्त्रणमा लियो

लोकतन्त्र खबर
१७ श्रावण २०८१

बारा, अमलेखगंज । बारा प्रहरीले ६४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले यो अवैध सामान नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. २१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख ७१६६ नम्बरको डिब्बे ट्रकलाई रोकेर जाँच गर्दा सपोर्टिङ बिल नभएको र सामानको स्रोत खुलाउन नसकेको पाइएको थियो।

स्रोत नखुलेको र बिल नभएको सामानमा इलेक्ट्रोनिक गुड्स, लिपस्टिक र वायारिङको सामानहरू थिए, जसको अन्दाजी मूल्य ६४ लाख ५८ हजार २ सय ७४ रूपैयाँ रहेको बताइएको छ। ट्रकसहित सामानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: