गणेश कुमार लाल
धानको रोपार्इ
अहिले किसानलार्इ खेत(खेतमा धान रोपार्इको चटाको छ । सर्लाही जिल्लाको मोतिपुर गाउँको किसानको लागि गरिखाने महिना यही हो । किसान आफ्नो परिवार लार्इ ध्यानमा राखेर बिहान देखी बेलुकासम्म अहिले खेतमा हुन्छन ।
धान रोपार्इका लागि सबै कुराको बन्दोबस्ती सहित बिहानै खेतमा पुग्नु यहाँका किसानको अहिलेको दिनचर्या भने पनि हुन्छ । केही वर्ष अघिसम्म रोपार्इको दिन गोरूमात्र जतिन्थ्यो तर अहिले चौरीको बाछो पनि जोत्न प्रयोग हुन थालिएको छ ।
रोपार्इमा खेतको क्षेत्रफल हेरी १५ देखी २० जना सम्म कामदारको सहभागिता रहने गरेको मोतिपुर वडा नम्बर ७ का दामोदर चौधरी बताउनु भयो । रोपार्इमा हलो, बाउसे, खेतालालगायतले आफनो काम निकै महिनेतसाथ गर्नु पर्छ ।
त्यसैले यो एक किसिमले सामूहिक कार्य पनि हो । खेत व्यक्तिको भए पनि रोपार्इमा मिलेर जानु सामुहिक श्रमको योगदानको उदाहरण हो ।
धानको रोपार्इमा श्रीमती कौशल्या देवीको श्रम अति महत्व राख्दछ । कौशल्या देवी महिला श्रमिकलार्इ रोपार्इको काममा दैनिक रूपमा महिला समूहमा जानकारी गराउनु हुन्छ ।
कुन व्यक्तिको खेत कति छ र आज उनको खेतमा पानीको अवस्था कस्तो छ । यो कुराको जानकारी वहाँको सँगै काम गर्ने सहयोगी रामकली देवीले गर्नु हुन्छ । महिलालार्इ भोजन, पानीको व्यवस्था सके सम्म खेतमा नै होस त्यसको व्यवस्था कौशल्या देवीले गर्नु हुन्छ ।
धान रोपार्इमा आर्इलाग्ने समस्या र चुनौतीको सामना गर्न महिला सहभागिको हौसला बढाउन वहाँ सदैव तत्पर देखनु हुन्छ ।
यतिखेर एक महिना अघधि छरेको बिउ रोपार्इका लागि तयार रहेको छ । सामान्य रूपमा यस गाउँमा सोना मुसलिम जातको धानको बीउ बढी मात्रामा छरेको पार्इन्छ ।
यस जातको बीउबाट धानको उत्पादन बढी मात्रामा हुने गरेको छ । तर पर्याप्त सिञ्चार्इको व्यवस्था नहुँदा रोपार्इ भने पालो पालो गरिन्छ । यसो न गर्ने हो भने धान रोपार्इका बेला किसानहरू राति सुत्न पनि पाउँदैनन् ।
रातभरि खेतमा पानीको व्यवस्था मिलाउनु पर्ने हुन्छ । रोपार्इमा साना नाननी देखी बृद्धसम्मको सहभागिता हुने गरेको छ ।
सुनिता महतोको उमेर बल्ल १० वर्ष पार गरेको छ । तर उनी आफनी खेतमा फुलमती महतो सँग खेतमा जान्छिन । उनि सँग टोलका दुर्इ जना साथी अनिता र विनिता पनि जान्छीन र रोपार्इ गर्ने तरीका सिक्छिन । भात सँगै खान्छीन ।
कृषि उत्पादनलार्इ प्रोत्यसान गर्नको लागि केन्द्र सरकार र प्रदेश सरकार जलवायु अनुसार उपजको जात अनुसार विकसित गर्ने कार्य विगत वर्ष देखी गर्ने गरेको छ । जसले गर्दा धान बढी मात्रामा उत्पादन होस ।
प्रविधि पुरानै धान उत्पादनको क्षेत्रमा मधेश प्रदेका विभिन्न गाउँ पालिकामा रोपार्इ भने परम्परागत रूपमा हुने गरेको पार्इन्छ ।
रोपार्इमा प्रयोग हुने हलो, जुवा, हल्लुडो, फालो, खेत सम्याउने भाडे, मोही, बाउसे, गोरू, झोपा कुरो, कोदालो, डालो नाग्ला लगायत नै प्रयोग भर्इ रहेकान छन् । तर मल गार्इ वस्तुको साथै पोटास, युरिया र्इत्यादी किसानको मल छर्ने काम धान उत्पादनमा गर्ने किसानहरू गरि रहेका छन ।
साउनको महिना खेतमा धानको रोपार्इ अति कठिन कार्य हो ।
तातो हवा र तातो घामले गर्दा खेतमा भएको पानी पनि तातो भर्इ हाल्छ । यस्तो अवस्थामा घर बाट खेत सम्म जानलार्इ हिम्मतले काम गर्दिन महिला श्रमिकहरू तर के गर्ने जसरी भए पनि खेतमा धान रोप्नै पर्छ ।
यस्तो अवस्थामा पनि कौशल्या देवी आफनो समूहको महिला वर्गको उत्साह र उमंगमा उर्जा प्रदान गर्ने काम लगातार गरि राखेको छन् । उनि बिहानै देखी कामदार महिला श्रमिक जुटाउने र तिनको खान(पानको व्यवस्था मिलाउनमा व्यस्तताको साथै आफनो घर परिवारमा रहेका नाती(नातीनीको ख्याल पनि राख्ने गर्दछिन ।
महिलाको उल्लेखनीय सहभागिता रहेको कृषकको कुल गार्यश्य उत्पादनमा २८।९ प्रतिशत योगदान छ । कृषि कार्यमा महिलाले बढी मात्रामा योगदान गरि रहेका छन् ।
कृषि कार्य उधम व्यवसायले आफुलार्इ आत्मनिर्भर मात्र बनाउदैन, मुलुककै अर्थतन्त्र लार्इ समेत टेवा दिन सक्छ भन्ने सोच धेरै महिलामा पार्इन थालेको छ । कृषि उत्पादन बाट बाल(बालिकाको पोषण समस्याको समाधानको लागि धान उत्पादन निकै महत्व राख्दछ । समयमा धानको रोपार्इ गर्न सके खाध पदाथर्थको परिपूर्ती समयमा हुने भएकोले महिलाहरू रोपार्इमा बढी ध्यान पूय्राउदछन् ।
महिलाको संख्या कुल जनसंखयाको आधा भन्दा बढी छ । यो संख्या आफैमा शक्ति हो । यो शक्ति धान रोपार्इमा राम्रो सँग उपयोग गरिएमा धानको उत्पादन र उत्पादकतामा टेवा पुग्नेछ ।
मधेश प्रदेश देशकै अन्न भण्डार हो । यस प्रदेशमा कुल राष्ट्रिय उत्पादनको २० प्रतिशत उत्पादन हुन्छ । प्रदेशको कुल खेती योग्य जमिन मध्ये ८९।९ प्रतिशतमा खेती गरिन्छ ।
मधेश प्रदेशमा खेती योग्य जग्गा मध्ये ६ लाख २ हजार ३ सय ६ हेक्टरमा खेती गरिएको मधभेश प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तर, यहाँ उत्पादन हुने खाधान्न भन्दा १ लाख १२ हजार टन बढी माग छ ।
मधेशमा १० वर्ष र त्यस भन्दा माथिको जनसंख्या करिब ४५ प्रतिशत आर्थिक र गतिविधीमा सक्रिय छन् । त्यसको ५४ प्रतिशत कृषि, वन र माछापालन कार्यरत छन् ।
कौशल्या देवी आफनो गुनासो सुनाउन भयो कि कृषकलार्इ आधुनिक उत्पादन क्षमता बढी भएका जातको बीउ समयमा उपलब्ध हुदैन । प्ररम्परागत रूपमा गरि राखेका खेती कार्यमा मल समयमा उपलब्धता न भएकोले उत्पादनमा समस्या छ ।
धानको खेतीमा बढी मात्रामा पानिको आवश्यकता पर्दछ । उल्लेखित सबै प्रसंगले धान खेतीको सामाजिक मनोविज्ञानलार्इ दर्शाउँछ ।
पठाउने
गणेश कुमार लाल
मलंगवा न।पा। वार्ड नं। ९
जि।सर्लाही ९मधेश, प्रदेश०
मो।नं।९८६४१४३४२१
भ्mबष्स्(ि नबलभकजपबिज्ञि२नmबष्।िअयm