Loktantra Khabar National Weekly
Ad

आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाद्वारा राजीनाम, छोडिन् ढाका

लोकतन्त्र खबर
२१ श्रावण २०८१

देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ ।

बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् ।

आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: