काठमाडौं । जुनैद खानले फिल्म ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका छन् । हालैको एक अन्तर्वार्तामा उनले आफ्ना पिता आमिर खानको ‘रिटायरमेन्ट’ चरणको बारेमा कुरा गरेका छन् ।
यो अन्तर्वार्ता लगत्तै आमिरले अभिनयबाट सन्यास लिन चाहेको अड्कलबाजी चलिरहेको छ । जुनैदले बुवा आमिरले आफूलाई प्रोडक्सन हाउसको जिम्मेवारी दिन चाहेको बताए । जुनैद अहिले होमप्रोडक्सन फिल्म ‘प्रितम प्यारे’को निर्माण गर्दैछन् ।
टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा जुनैदले भने, ‘मैले फिल्मको सेटमा क्यामेराको पछाडि धेरै समय बिताएँ । बुवाको फिल्म ‘पीके’ को सेटमा पनि काम गरे । केही विज्ञापन फिल्मको सुटिङमा पनि सघाएको छु ।
‘महाराज’को छायांकन सकिएपछि आमिर खान प्रोडक्सनको एउटा फिल्म निर्माण भइरहेको थियो । त्यतिबेला किरण राव पनि ‘लापता लेडीज’ को सुटिङमा व्यस्त थिइन् र बुबा ‘रिटायरमेन्ट फेज’मा थिए ।
जुनैदले अघि भने, ‘पापाले मलाई एक दिन मजाकमा भन्नुभयो कि म अहिले रिटायर हुँदैछु, त्यसोभए तिमीले मेरो काम किन सम्हाल्नु हुन्न ?’ मलाई लाग्छ कि मसँग यो क्षेत्रको राम्रो बुझाइ छ । फिल्म निर्माणको यो एक कठिन हिस्सा हो ।’
वर्कफ्रन्टको कुरा गर्दा जुनैदले हालै अभिनेत्री साई पल्लवीसँग आफ्नो अर्को फिल्म ‘एक दिन’को सुटिङ सकेका छन् । यो फिल्म पनि आमिर खानको ब्यानरमा बनेको हो । यो प्रेमकथा बाहेक उनी ‘लभयापा’ को सुटिङमा पनि व्यस्त छन् । अनलाइन खबर