Loktantra Khabar National Weekly
Ad

आयूर्वेद विज्ञानका अनुसार सुत्नु अघि त्रिफला चूर्णको पानी पिउनु फाइदाजनक

लोकतन्त्र खबर
२१ श्रावण २०८१

विभिन्न प्रकारका औषधिय गुणले भरपूर त्रिफला चूर्ण स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयूर्वेद विज्ञानका अनुसार यसलाई मनतातो पानीमा घोलेर पिउन सकिन्छ ।

आज हामी सुत्नु अघि त्रिफला पानी पिउँदा हुने फाइदाबारे जान्नेछौं–

सुत्नुअघि त्रिफला चूर्णको पानी पिउँदा शरीरमा जमेका टक्सिन बाहिर निकाल्न सहयोग पुग्ने दाबी गरिएको छ । यसको सेवनले बिहान पेट राम्रोसँग सफा हुन्छ । यसले कब्जियत तथा अपच कम गर्छ ।

एन्टीमाइक्रोबियल र एन्टीइन्फ्लामेटरी गुण हुने भएकाले त्रिफला चूर्णको पानीले गिँजा स्वस्थ राख्न सहयोग गर्छ । यसले गिँजामा हुने दुखाई र सुन्निएको कम गर्छ ।

मनतातो पानीमा त्रिफला चूर्ण मिसाएर पिउँदा विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । यसले शरीरको इम्यून सिस्टम बलियो बनाउँछ जसले गर्दा मौसमी रोगबाट बच्न सकिन्छ ।

एन्टीहाइपरग्लाइसेमिक गुण हुने भएकाले त्रिफला चूर्णको पानी पिउनु मधुमेहका बिरामीका लागि पनि लाभदायक मानिन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग गर्छ ।

छालामा चमक ल्याउन तथा जवान बनाइराख्न पनि दैनिक रुपमा सुत्नुअघि त्रिफला चूर्णको धुलो पानीसँग पिउन सकिन्छ। यसले छालामा निखार ल्याउँछ ।

तौल घटाउन चाहनेका लागि पनि यसको सेवन फाइदाजनक मानिन्छ ।  यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: