Loktantra Khabar National Weekly
Ad

श्रावणको अन्तिम सोमवारी,शिवालयमा दर्शनार्थीहरुको बाक्लो भिड

लोकतन्त्र खबर
२८ श्रावण २०८१

विद्यानन्द राय— सर्लाही,साउन २८

हिन्दु ब्रतालु भक्तजनहरुले सोमबार शिवालयमा पुजाआजा गरेका छन् ।

श्रावण महिनामा लाग्ने यसपर्वमा भगवान शिवको पुजा गरिने चलन रहेको छ। खास गरेर श्रावण महिनाको प्रत्येक सोमबार भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ।

जिल्लाका शिवालयहरुमा शिवभक्तहरुको बिहानैदेखि घुँइचो लागेको मलंगवा -9 जनसागर बजार स्थित शिव मन्दिरमा पुजा गर्न आएकी एक ब्रतालु श्यामकली देवीले बताइन्।

आफु भगवान शिवसँग पुत्र र धनधान्यको लागि सोमबारी व्रत राखेको उनलेे सुनाइन। महिला मात्र नभइ यो व्रत पुरुषहरुले पनि राख्ने गरेका छन् ।

पुरुषहरु सुन्दर,सुशील तथा चरित्रवान पत्नीको मनोकामना लिएर यो व्रत राख्ने गरेको मलंगवाकै अर्का एक ब्रतालु नन्दलाल यादवले बताए ।

जिल्लाको सदरमुकाम मलंगवा स्थित शिवमन्दिरसहित शिवनगर,हरैया,हरिपुरको चिताइन,मुर्तिया,नयाँरोड स्थित चतुर्भुजेश्वर ,सागरनाथ लगायतका शिवालयहरुमा श्रावणको अन्तिम सोमबार दर्शनार्थीहरुको घुँइचो लागेको थियो।

प्रतिक्रिया दिनुहोस्: