![](https://www.loktantrakhabar.com/wp-content/uploads/2024/08/455973338_1756490124886265_4279373023228663241_n.jpg)
बिध्यानन्द राय—- मलंगवा,सर्लाही ९
सर्लाहीमा डेगुँ वाट प्रभावित ब्यक्तिहरुको सख्यामा कमी आएको छ ।
मानिसहरुमा डेगुँ सम्बन्धि जनचेतनाको विकासका कारण सो मा कमी आएको हो। सर्लाहीमा चालु आर्थिक वर्षको असारदेखि श्रावण मसान्तसम्ममा मात्र १७ जना डेगुँका बिरामीहरु मात्र फेला परेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको बीसवटा पालिकाहरु मध्ये हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा गरी जम्मा १७ जना डेगुँका बिरामीहरु फेला परेको स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्टेन निरीक्ष्क मनोज झाले जानकारी दिए ।
यो रोग इन्फेक्टेड एडिज मस्किटो जातको लामखुट्टेको टोकाई वाट सर्नै गरेको छ । यो लामखुटेले टोकेपछि हड्डीको जोर्नी दुख्ने , उच्च ज्वरो आउने, आँखा रातो हुने, शरीरमा भएको प्लेटलेट्समा कमी आउने जस्ता लक्षणहरु देखा पर्ने निरिक्षक झा ले जानकारी दिए।
उनका अनुसार संक्रमित लामखुट्टेले दिएको अण्डा वाट जन्मेको वच्चा पनि सवै संक्रमित हुने गरेका छन्। त्यसैले यसबाट बच्नको लागि घर वरीपरी पानी जम्न नदिने, पानी राखेको भाँडोलाई छोपेर राख्ने र धेरै दिनसम्म भाँडाहरुमा पानी जम्मा गरे राख्न नहुने स्वास्थ्य कार्यालयले बताएको छ।