लोकतन्त्र समाचारदाता–
सर्लाही १३ भाद्र । सर्लाहीमा रहेको बिष्णु गाउपालिकाले असोज पहिलो साता गाउसभा तथा नीति कार्यक्रम पेश गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाका अनुसार गएको असाढ १० गतेमा हामिले गाउसभा र नीति कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको थियो ।
अचानक असाढ ४ गते गाउपालिका अध्यक्ष जवाहरलाल यादवलाई मेजर हार्टअटेक भयो । तेसपछि वहालाई उपचारका लागि हामिले जनकपुर लगेका थिए । जनकपुरमा उपचार सम्भव नभएपछि अध्यक्ष यादवलाई हामिले काठमान्डौं स्थित मेडिसिटी अस्पताल लग्नु पर्यो ।
असाढ देखिनै वहाको उपचार काठमान्डांैमै हुदै आएको छ । गा.पा. अध्यक्षको अवस्था अहिले ठिक हुदै गएकोले असोज महिनाको पहिलो सातामा हामिले गाउसभा सम्पन्न गरेर नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम बनाएका छौं ।
असोजको पहिलो सातामै हामिले गाउसभा सम्पन्न गरेर कार्यक्रम तथा योजनाहरु अगाडी बढाउने प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले लोकतन्त्रलाई बताउनु भयो । गाउसभा सम्पन्न नहुदा बजेट चलेको छैन । बजेट नचलेको अवस्थामा समस्या भईरहेको अधिकृत सापकोटाले बताए ।