Loktantra Khabar National Weekly
Ad

रास्वपाको प्रदेश स्तरीय बिस्तारित बैठक लालबन्दीमा सम्पन्न संगठन बिस्तारमा लाग्न– सभापती लामिछानेको जोड

लोकतन्त्र खबर
२० भाद्र २०८१

बखतियार अलि–
सर्लाही २० भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको बिस्तारित बैठक बिहिवार सर्लाहीको लालबन्दी नगरपालिकामा सम्पन्न भएको छ । मधेश प्रदेश स्तरीय पार्टीको बिस्तारित बैठकमा पुर्व गृहमन्त्री तथा सभापती रवि लामिछाने उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशका ८ जिल्लाबाट विस्तारित बैठकमा सहभागि वडा कमिटी, नगरकमिटी, जिल्ला कमिटी र प्रदेश पदाअधिकारीहरुलाई नेताद्धयले प्रशिक्षण दिनु भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै सभापती लामिछानेले भने देश बनाउने जिम्मा नेपाली नागरिकले रास्वपालाई दिएकोले रास्वपाका सबै पार्टी कार्यकर्ताहरुले संगठन बिस्तारमा लाग्नु पर्ने वहाले बताए । देश बनाउने अभिभारा हामिले बोकेकाले रास्वपाको अर्को बिकल्प नरहेको वहाले जिकिर गरे ।

 

त्यस्तै उपसभापती स्वर्णिम बाग्ले भने शतmा परिवर्तन भन्दा पनि अब व्यवस्था परिवर्तन गर्नुपर्ने बेला भएको वहाले भने । जब सम्म देशको अर्थ तन्त्रमा सुधार हुदैन तब सम्म देशको अवस्थामा कुनै सुधार नहुने वहाले बताए ।

 

देश र जनताको मौलिक अधिकारलाई सरल र सुलभ तरिकाले सरकारले बितरण गर्न असक्षम रहेकोले अहिले आम नागरिक समस्या भोगि रहेको उपसभापती वाग्लेले भने । कार्यक्रमा पार्टीका नेता कार्यकर्ताहरुले संगठन बिस्तारमा देखिएको समस्या र चुनौतीहरुको बारेमा बताएका थिए ।

 

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश अध्यक्ष इ. तपेशवर यादवले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य सर्लाही जिल्ला सभापती कमलेश साहले राख्नु भएको थियो । सर्लाहीको लालबन्दी पार्टी पैलेशमा शुरु भएको कार्यक्रमको संचालन मधेश प्रदेशका महासचिव मनिस साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: