Loktantra Khabar National Weekly
Ad

स्थानीय श्रोत परिचालन गरेर शिक्षामा सुधार गर्दै बरहथवाकी मेयर कटुवाल

लोकतन्त्र खबर
२७ भाद्र २०८१

बखतियार अलि–
सर्लाही, २६ भदौ । शिक्षाको क्षेत्रमा बरहथवा नगरपालिकामा निकैनै सुधार आएको स्थानीय नगरबासीहरुले महसुस गरिरहेका छन् । सर्लाही जिल्लाभरीका पालिकाहरुको शिक्षा क्षेत्र धरापमा परिरहेको बेला नगरप्रमुखमा निर्वाचित भएर आएपछि आफुले बरहथवा नगरपालिकाको शैक्षिक अवस्थामा निकैनै सुधार ल्याएको नगरप्रमुख कल्पना कटुवालले दावी गरेका छन् । बरहथवा न.पा अन्तर्गत ४० वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

 

ती सबै विद्यालयहरुमा विषयगत शिक्षकको अभाव रहेकोले नगरपालिकाको आन्तरिक श्रोत साधन परिचालन गरेर करारमा ५१ वटा विषयगत शिक्षकहरु भर्ना गरेको नगरप्रमुख कटुवालले बताइन । त्यस्तै नगरपालिका भित्रका विभिन्न वडामा कृषकहरुको लागि कृषि सडक तथा सिंचाइको व्यवस्था गर्न २ करोड ५० लाख रुपैयाँ बराबरको विद्युतिकरण परियोजनाको काम अगाडी बढाएको उनले बताइन ।

 

उनले गरिब, असहाय, दलित सुकुम्बासीहरुका लागि शुद्ध खाने पानी तथा आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम पनि अगाडी बढाइएको जानकारी गराएकी छिन । यसका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

 

एकिकृत बस्ती निर्माणको काम पनि चालु छ । यसबाट नगरभित्रका हजारौं सुकुम्बासी गरिब जनताहरु लाभान्वित हुने विश्वास लिएको नगरप्रमुख कटुवालले । बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले भने यस नगरपालिकामा हामिले सामुदायिक बिधालयको शिक्षामा सुधारका लागि हामि नियमित अनुगमन गरिरहेको छु । प्रायजसो बिधालयमा बिधार्थीको संख्या न्युन रहेको छ ।

 

बिधार्थी कम भएका बिधालयहरुलाई हामिले मर्ज गर्ने कुरा अगाडी सारेका छौं । जसबाट सामुदायिक बिधालयमा राम्रो सुधार हुने हामिले आशा लिएको छु ।

 

त्यस्तै पालिका भित्रै रोजगारी सृजना गर्न बिभिन्न र्संस्थाको माध्यमबाट सिपमुलक तालिम दिने योजनाहरु चालु गरेको छु । जसबाट यसपालिकाका महिला र पुरुषहरु स्वरोजगार बन्ने
प्रमुख प्रशासकीय अधिकृत सिटौलाले बताए । बरहथवा नगरपालिकामा नगरप्रमुखको रुपमा कल्पना कटवाल निर्वाचित भएर आएपछि धेरै विकास भएको स्थानीयहरुले बताउदै खुसि व्यतm गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: