बखतियार अलि–
सर्लाही ३१ भाद्र । मुस्लिम धर्मावलम्बीहरु आज मोहम्मद जन्म जयन्ती (मोहम्मद दिवस) हर्सोउल्लासका साथ मनाइँदै छन । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा तुलबैनर सहित मुस्लिम धर्मावलम्बीहरुले सरकारकी आमद मरहवा भन्ने नारा लगाउदै शान्ति र सदभावका साथ प्रभात फेरि नगर परिक्रमा गरेका थिए ।
प्रभात फेरिमा प्रदेश सांसद कौशल किशोर राय, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा लगायत मलंगवा नगरपालिकाका वडाअध्यक्षहरु सुरक्षा निकायका प्रमुख सहित मुस्लिम समुदायका अगुवा नागरिक समाज सहितका व्यतिmहरुको प्रभात फेरिमा उल्लेखनीय उपस्थिती रहेको थियो ।
मुस्लिम समुदायका धर्म गुरु मोहम्मद साहबको जन्म भएको दिनलाई मुस्लिम धर्मावलम्बीहरुले प्रत्येक वर्ष एकअर्कालाई बधाई तथा शुभकामना आदान प्रदान गरि खुसिका साथ यो दिनलाई महत्वका मनाउदै आएको छ । यो मुस्लिम धर्मावलम्बीहरुले मिठो पकवान बनाएर खाने गरिन्छ ।
यो दिनलाई बिशेष दिनको रुपमा मुस्लिम समुदायले मनाउने गरिन्छ । महमम्द डे को अवसरमा निकालिएको जुलुस र प्रभात फेरिमा कडा सुरक्षाको समेत बन्दोवस्त गरिएको थियो । दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ, भने मधेश प्रदेश सरकारले प्रदेशमा सार्बजनिक विदा दिएको छ ।