लोकतन्त्र समाचारदाता— सर्लाही,असोज ६
सर्लाही क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सदरमुकाम मलंगवा नगरपालिका वडा न-२ स्थित जिल्ला खेलकुद विकास कार्यालयको कवर्ड हलमा साधारणसभा सम्पन्न भएको छ ।
सर्लाही क्रीकेट संघ सर्लाहीका अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य माधव कर्मचार्यको अध्यक्षता तथा खेलकुद विकास अधिकृत गोपाल बहादुर लामाको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो ।
अन्तराष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका सर्लाही निबासी राष्ट्रिय क्रिकेट टिमका खेलाडी गुल्सन झासहित जिल्लाका अन्य १२ जना उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय टिममा सहभागी गराउन सफल भएको क्यानका सदस्य कर्मचार्यले बताए ।
सर्लाहीका खेलाडीहरुले राम्रो प्रदर्शन देखाउँदै आएपनि रकमको अभावका कारण खेलकुदको विकास राम्रोसँग हुन नपाएको उनले बताए।
मलंगवा जेसीजका पुर्ब अध्यक्ष जेसी रामलखन महतोले संचालन गरेको कार्यक्रममा सहारा मल्टिपर्पसका मुख्य प्रबन्धक सुनिल गुप्ता,क्रिकेट संघ सर्लाहीका पदाधिकारी ,स्थानीय जनप्रतिनिधि ,पुर्व खेलाडी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।