लोकतन्त्र समाचारदाता— सर्लाही,असोज ८
एम्नेस्टी इन्टरनेसनल ग्रुप 9 मलंगवाको आयोजनामा एक दिने मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मानव अधिकारका सन्दर्भमा सरोकारवालाहरुलाई सुसूचित गर्ने उद्देश्यले सोमबार सर्लाहीको सदरमुकाम मलंगवा स्थित महेन्द्र होटलमा कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ।
ग्रुप 9 का संयोजक संजित प्रसाद कर्णको अध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टीका केन्द्रीय निर्देशक निराजन थपलियाले नेपालमा मानबअधिकार उंल्लघन गर्ने क्रम बढ्दो रहेको बताउनुभयो ।
नेपालमा पहिलोपटक सन् १९६९ मा कानुन व्यवसायी नुतन थपलियाले सुरुवात गरेको एम्नेस्टी इन्टरनेसनलको अभियानले नेपालमा मानवअधिकारको क्षेत्रमा गरेका कार्य र गर्न सकिने कार्यहरुको विषयमा उहाँले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो।
एम्नेस्टीका युवा केन्द्रीय सदस्य गरिमा पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र , नागरिक समाजका अगुवा डा.अब्दुल रहिम मिकरानी,गड गिफ्ट विद्यालय मलंगवा -२ का प्राधानाध्यापक राजनारायण राय,मलंगवा जेसिज २०२४ का अध्यक्ष दिलिप झा,शिक्षक सुवास कर्ण, इमेस्टी इन्टरनेसनल ग्रुप 9 का सदस्यहरु र पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यक्रममा संचालक ग्रुप ९ का सदस्य भोलानाथ भट्टले जनाएको छ।