Loktantra Khabar National Weekly
Ad

घुमौ मधेस, बुझौ प्रदेश सर्लाहीमा पनि सुरु

लोकतन्त्र खबर
१० आश्विन २०८१

बखतियार अलि
सर्लाही, असोज ९ । घुमौ मधेस, बुझौ प्रदेश भन्ने मूल नाराका साथ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले ८ वटै जिल्लालाई लक्षित गरेर सुरु गरेको बृहत् पर्यटन प्रचार प्रसार तथा अध्यन अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सर्लाहीमा सम्पन्न भएको छ ।

 

बुधबार नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सदरमुकाम मलंगवा स्थित जानकी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि सर्लाही जिल्लामा आन्तरिक पर्यटनको सम्भावना बोकेका तर प्रचार प्रसारको अभावमा ओझेलमा परेका विभिन्न धार्मिक तथा ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदाहरुको संरक्षण तथा विकासको बारेमा मधेस सरकार, स्थानीय सरकार र सरोकारवालाहरु सँग छलफल गरिएको छ ।

 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षता तथा मधेस प्रदेश सरकारका पर्यटन मन्त्री सकिल अली मियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, कबिलासी न.पा का मेयर ब्रम्हदेव राय, सुजाता होटल मलंगवाका संचालक सुगन्ध कुमार गुप्ता लगायतले पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका थिए । धार्मिक, साँस्कृतिक र प्राकृतिकरुपमा पर्यटकीय दृष्टिकोणले मधेश प्रदेशको सर्लाही जिल्ला ठूलो पर्यटकिय हव वन्न सक्ने उनीहरूले धारणा राखेका थिए ।

 

हसिना खातुन, कृष्ण तामाङ ,सुरेन्द्र कुमार भण्डारी, नेपाल टेलिकमका राजिव कुमार राय, नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारी, सर्लाही र महोत्तरी जिल्लाका पत्रकारहरु लगायतको उपस्थिति रहेको कार्यक्रममा संघका जिल्ला अध्यक्ष राजेश कुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।

 

अन्तरक्रिया कार्यक्रम पश्चात् सरोकारवाला र पत्रकारहरुको टोली जिल्ला स्थित रहेका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको अवलोकन गरि त्यहाँ भएका कुराहरुको अध्यन गरेका छन् ।

 

पर्यटन मन्त्री मियाँ सहितको टोली हिन्दु र मुस्लिम दुबै समुदायको साझा आस्थाको केन्द्रको रुपमा रहेको मलंगवाको मलंगबाबाको मजार, राजदेवी मन्दिर, चमेली माईको मन्दिर, बागमतीको भरत ताल, बरहथवाको मुर्तिया मन्दिर लगायतको भ्रमण गरका थिए ।

प्रतिक्रिया दिनुहोस्: