Loktantra Khabar National Weekly
Ad

तोलामा ३ सय घट्यो सुन, चाँदी हालसम्मकै उच्च

लोकतन्त्र खबर
२० आश्विन २०८१

काठमाडौं  असोज २०,  सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८० रहेको चाँदी यस दिन १९८५ रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ हालसम्मकै उच्च हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: