Loktantra Khabar National Weekly
Ad

‘कल्की’ अभिनेता राजेन्द्र प्रसादकी छोरीको मृत्यु

लोकतन्त्र खबर
२० आश्विन २०८१

‘कल्की २८९८ एडी’ मा देखिएका तेलुगु अभिनेता राजेन्द्र प्रसादकी छोरी गायत्रीको मृत्यु भएको छ।

छोरीको मृत्युपछि अभिनेता अल्लु अर्जुन र चिरञ्जीवीलगायत दक्षिण भारतीय फिल्म क्षेत्रका केही अभिनेता उनलाई भेट्न घर पुगेका छन्।

३८ वर्षकी गायत्रीलाई शुक्रबार राति छातीमा दुखाई भएको थियो। त्यसपछि उनलाई हैदराबादको एक अस्पतालमा लगिएको थियो। त्यतिबेला राजेन्द्र प्रसाद छायांकनमा व्यस्त थिए।

उनकी छोरीको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। गायत्रीको एक छोरी साई तेजस्विनी छिन्। उनी बालकलाकार हुन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गायत्रीले आफ्नो बुवा राजेन्द्र प्रसादको विरूद्ध गएर विवाह गरेकी थिइन्। लामो समयपछि उनीहरूको सम्बन्धमा सुधार आएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: