काठमाडौं असोज २२, झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित पुरानो मेचीपुल हुँदै भारतबाट नेपाल आउँदै गरेका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धुनषाको मिथिला नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय श्याम बहादुर लोप्चन छन् ।
उनलाई सोमबार बेलुका सवा सात बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनको साथबाट ३५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्: