Loktantra Khabar National Weekly
Ad

६५ वर्षको उमेरमा सञ्जय दत्तले गरे चौथो पटक बिहे

लोकतन्त्र खबर
२७ आश्विन २०८१

बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् ।

अभिनेताले आफ्नी पत्नी मान्यता दत्तसँग बिहेका वचन दोहोर्‍याइरहेका थिए । दुवैको विवाह भएको १६ वर्ष भइसकेको छ ।

अनलाइन शेयर गरिएको भिडियोमा सञ्जयले सुन्तला रङको कुर्ता र धोती लगाएका छन् । मान्यताले क्रिम रङको जोडा लगाएकी छिन् । रिपोर्टका अनुसार सञ्जय र मान्यताले गृह प्रवेशमा सात फेरा लिएका थिए । दत्त दम्पतीले हालै आफ्नो घर मर्मत गराएर सरेका थिए ।

मान्यता सञ्जयकी तेस्रो श्रीमती हुन् । उनीहरूले सन् २००८ मा बिहे गरेका थिए । यो जोडीले गोवामा विवाह गरेका थिए ।

मान्यता भन्दा पहिले सञ्जयको विवाह रिया पिल्लईसँग भएको थियो । उनी एयर होस्टेस र मोडल थिइन् । त्यसअघि उनको विवाह ऋचा शर्मासँग भएको थियो । यो जोडीको एउटी छोरी छिन्, त्रिशाला दत्त ।

सन् १९९६ मा ब्रेन ट्युमरका कारण ऋचाको मृत्यु भएको थियो । त्रिशाला मान्यतासँग एकदमै नजिक छिन् र उनीहरू प्रायः सँगै समय बिताउँछन् । त्रिशाला बाहेक, मान्यताका साथ सञ्जयका जुम्ल्याहा छोरा छोरी शाहरान र इक्रा छन् ।  यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: