बखतियार अलि–
सर्लाही, ०१ कात्तिक । स्वास्थ्य कार्यालय सर्लाही द्वारा आर्थिक बर्ष ०८०/०८१ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समीक्षा गोष्ठी बिहिवार मलंगवामा सम्पन्न भएको छ ।
बुधबार मलंगवा स्थित होटल सुजाता प्यालेसमा प्रमुख अतिथि मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंहले उद्घाटन गरेको गोष्ठी स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवल किशोर झाको अध्यक्षतामा सम्पन्न भएको हो ।
दुई दिनसम्म संचालित गोष्ठीमा विशिष्ठ अतिथि श्रम तथा यातायात मन्त्री कौशल किशोर राय,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे,प्रदेश तालिम केन्द्र पथलैयाका सरोज चन्द्र न्यौपाने,
प्रादेशिक अस्पताल मलंगवाका डा.सचिन यादव, सामाजिक विकास केन्द्र सर्लाहीका कार्यक्रम निर्देशक बिरेन्द्र गुप्ता, युएनएफपिए का सर्लाही जिल्ला कार्यक्रम संयोजक बच्चालाल महतो,पहिचान नेपालका कार्यक्रम संयोजक अब्दुल सहमत विभिन्न पालिकाका स्वास्थ्य शाखा संयोजक,स्वास्थ्य कार्यालयका कार्यक्रम फोकल पर्सन,
पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सर्लाहीका २० वटा स्थानीय तहहरुको स्वास्थ्य शाखा संयोजकहरुले आ–आफ्नो पालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा मार्फत आर्थिक वर्ष २०८०/०८१ मा भए ÷ गरेका कार्यक्रमहरुको प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमको उदेश्य सहित जिल्लाको प्रस्तुतीकरण स्वास्थ्य कार्यालय प्रमुख झाले गरेका थिए ।
दोस्रो दिनको समापन कार्यक्रममा गोष्ठीका प्रमुख आतिथि जिल्ला समन्वय समिति प्रमुख सिंह,विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र स्वास्थ्य कार्यालय प्रमुख झाले जिल्ला भरीका स्थानीय तहहरुको स्वास्थ्यका
विभिन्न सुचांकका आधारमा मुल्यांकन गरि प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल क्रमशः हरिवन, लालबन्दी र हरिपुर नगरपालिकाका स्वास्थ्य संयोजकजहरुलाई संयुक्तरूपमा प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको संचालन क्षयकुष्ठ अधिकृत बलिराम यादवले गरेका थिए ।