जनकपुरधाम । सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् ।
दुबैजनालाई प्रहरीले बरहथवा नगरपालिका १६ गंगापुर स्थित बागमती नहरबाट बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ गरेको हो ।
कालो झोलामा दुई पोकामा अन्दाजी ११ किलो गाँजासहित नियन्त्रणमा लिएर सर्लाही अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मलंगवाले जनाएको छ । सौजन्य अनलाईन खबर
प्रतिक्रिया दिनुहोस्: