मनोज यादव- सर्लाही,मंसिर ७
सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष-UNFPA नेपालले सर्लाहीमा सञ्चालन गर्न लागेको SAFE-Girls परियोजनाको बारेमा स्थानिय सरकार र जिल्ला स्थित सरोकारवाला पक्षसँग परामर्श बैठक सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
यु एन एफ पि ए को आयोजना तथा जिल्ला समन्वय समिती सर्लाहीको समन्वयमा बिहीबार मलंगवा स्थित महेन्द्र होटलको सभाहलमा उक्त परामर्श बैठक सम्पन्न भएको हो।
कोरियन सरकार KOICA र यु.एन.एफ.पिए. नेपालले सहकार्यमा स्थानिय सरकारसँग समन्वय गरेर सर्लाही जिल्लाको तीन वटा पालिकामा SAFE-Girls परियोजना शुरु गर्न लागेको यु.एन.एफ.पिए. नेपाल प्रदेश कार्यालय प्रमुख नरेन्द्र कुमार मिश्रले सर्लाहीका बताएका छन् ।
उनले यस परियोजनाले ३१ जुलाई २०२४ देखी ३१ जुलाई २०२७ सम्म सर्लाही जिल्लाको तीन वटा पालिका हरिपुर्वा नगरपालिका,कौडेना र बसबरिया गाँउपालिकामा बृहत्तर यौनिकता शिक्षा, किशोर किशोरी युवाहरुको क्षमता अभिबृद्धि गरि हानिकारक अभ्यासहरुको अन्त्यको क्षेत्रमा र लैंगिक हिंसा पिडितको संख्यालाई न्यूनिकरण तथा सुदृढ गर्न सरकारी संयन्त्रलाई सहयोग गर्नको लागी काम गर्ने बताए ।
परियोजनाले बालबिबाह, बृहत्तर यौनिकता शिक्षाको कमि, बाल श्रम लगाएत किशोरीहरुको लागी हानिकार अभ्यास धेरै हुने मधेस प्रदेशको दुईवटा जिल्ला रौतहट र सर्लाहीका ९ वटा पालिकाहरुमा रहेर काम गर्ने पप्रदेश कार्यालय प्रमुख मिश्रले जानकारी गराएका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्व समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले SAFE-Girls परियोजना मार्फत यु.एन.एफ.पिए. नेपालले सर्लाहीको दुईवटा पालिकामा किशोर किशोरीहरुको क्षेत्रमा धेरै राम्रो काम गर्न लागेको बताएका छन् ।
समाजमा अहिले पनि बाल बिबाह,लैंगिक हिंसा,बालश्रम, सम्बन्ध बिच्छेद, लगाएत जस्ता घटनाहरु दरलाग्दो अवस्थामा रहेको कुरा बताउदै प्रमुख सिंहले यसको अन्त्य गर्नको लागी SAFE-Girls परियोजनाले निकै महत्वपुर्ण भुमिका खेल्नेमा आफु पुर्ण रुपमा बिश्वस्त भएको भन्दैे परियोजनाको पुर्ण सफलताको कामना गरेका छन् ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख सिंहको अध्यक्षतामा भएको परामर्श बैठकमा जिल्ला समन्वय समिती सर्लाहीका उप-प्रमुख जितेन्द्र कुशवाहा,जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्की ,नेपाल रेडक्रस सोसाइटी सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरी ,स्वास्थ्य कार्यालय सर्लाही मलंगवाका प्रमुख डा.नवल किशोर झा,बसबरिया गाँउपालिका अध्यक्ष राम सिंहासन रायसहित तीनवटै गाँउपालिका अन्तरर्गत शिक्षा, स्वास्य र महिला बालबालिका शाखा प्रमुखहरु, पत्रकार, किशोरी लगाएतको सहभागिता रहेको थियो ।
SAFE-Girls परियोजनालाई थप व्यवस्थित र प्रभाबकारी बनाउनको लागी जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख सिंह संयोजक रहने गरि जिल्लास्तरीय समन्वय समिती समेत गठन गरिएको यु एन एफ पो ए नेपालका जिल्ला कार्यक्रम अधिकृत बच्चालाल महतोले जनाएको छ ।