Loktantra Khabar National Weekly
Ad

“घुमौ मधेस बुझौं मधेस“ कार्यक्रमको संयोजकमा ठाकुर नियुक्त

लोकतन्त्र खबर
७ मंसिर २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही, मंसिर ७ । पर्यटन क्षेत्रको विकास तथा प्रबर्द्धन गर्ने उदेश्यले मधेस प्रदेश सरकारले सुरु गरेको “घुमौ मधेस बुझौं मधेस“ कार्यक्रमको संयोजकमा सर्लाहीका युवा नेता तथा समाजसेवी बिकास ठाकुर नियुक्त हुनु भएको छ ।

 

सर्लाहीको कबिलासी नगरपालिका गैर निवासी ठाकुरलाई मुख्य मन्त्री सतिश कुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले बिहीबार “घुमौ मधेस बुझौं मधेस“ कार्यक्रमको प्रदेश संयोजकमा नियुक्त गरेका हुन ।

 

नव नियुक्त प्रदेश संयोजक ठाकुरले आफुलाई दिइएको जिम्मेवारी इमानदारीका साथ बहन गर्दै मधेस प्रदेशमा रहेका र पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको पहिचान गरि पर्यटन क्षेत्रको रुपमा विकास गर्न पहल गर्ने बताउनु भएको छ ।

 

मधेश प्रदेश आन्तरीक तथा बाहिरी पर्यटकका लागि प्रमुख गणतव्य बनाउन आफुले पहल गर्ने ठाकुरले बताएको छ । देश विदेशमा मधेस प्रदेशलाई चिनाउन यो कार्यक्रमले टेवा पुर्याउने छ ।

 

यस कार्यक्रमले गर्दा प्रदेशको आन्तरीक आयमा समेत वृद्धि हुने र पर्यटन प्रर्वद्धन भएपछि रोजगार पनि बढने ठाकुरले दाबी दाबी गर्दै “घुमौ मधेस बुझौं मधेस“ कार्यक्रमलाई लक्ष्य अनुरुप संचालन गरि प्रदेश सरकारले दिएको जिम्मेवारी शतप्रतिशत पुरा गरेर देखाउने वहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: