बखतियार अलि–
सर्लाही १८ मंसिर । सन्त अल्पमाई रामनारायण यादव बहु प्रविधिक शिक्षालय मलंगवाका प्रमुख बिरेन्द्र बाबु यादवले रकमको चलखेल गरि बिधार्थी भर्ना गरेको उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद मधेश प्रदेशका उपनिर्देशक दिनेश कुमार मल्लिक सहित सूचना अधिकारी सत्यदेव पंडित लगायतका ४ सदस्य टोलीले मंगलबार बहुशिक्षालय मलंगवामा छापा मारेको छ ।
उपनिर्देशक मल्लिकको भनाई अनुसार यस शिक्षालयका प्रमुख बिरेन्द्र बाबु यादवले बिधार्थीहरुबाट रकम लिएर बिधार्थी भर्ना गरेको उजुरी परेपछि हामिले आज यस शिक्षालयमा छापा मारेको बताए । उपनिर्देशक मल्लिकले भने प्रकृया मिचेर बिधार्थी भर्ना गरेको पाईए कडा कार्वाही हुने बताए ।
हामि अहिले कागजी दस्तावेज र तालिम परिषदको बिधार्थी भर्ना सम्बन्धी निर्देशिका बमोजिम बिधार्थी भएको छ, छैन यसबारेमा सबै कागज झिकाएको छु । दोषी देखिए कार्वाही हुने उपनिर्देशक मल्लिकको भनाइ छ ।
लक्षित वर्गको १ नम्बर कोटामा छनौट भएको बिधार्थी राजु यादवले बहुशिक्षालय मलंगवाबाट नाम निकालेर अन्तै पढन गएपछि सोही सिटमा शिक्षालय प्रमुख यादवले ठुलो रकमको चलखेल गरि प्रकृया मिचेर रुनी कुमारीलाई नामांकन गरेपछि प्रमुख यादव माथि उजुरी परेको थियो । प्रमुख यादवले पटक–पटक प्रकृया मिचेर रकम चलखेल गरि बिधार्थी भर्ना गर्न थालेपछि उनी पहिला देखिनै बिवादित बन्दै गएको हो ।
सन्त अल्पमाई रामनारायण यादव बहु प्राविधिक शिक्षालय मलंगवाका संचालक समिति सदस्य समेत रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले भने प्रविधिक शिक्षालय मलंगवाका प्रमुख यादवले मनोमानी ढंगले बिधार्थी भर्ना गरेपछि प्रशासनमा पनि यादव बिरुद्ध उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यालय सदस्य रहेपनि प्रशासनलाई जानकारी समेत नदिई खाली भएको सिटमा आफुखुसी बिधार्थी भर्ना गरेपछि समस्या उत्पन्न भएको हो । यस बारेमा हामिले पनि जानकारी लिदै छु ।
कानुन प्रकृया मिचेर बिधार्थी भर्ना गर्न पाईदैन दोषी देखिए प्रमुख यादव माथि कार्वाही हुने सहायक प्रमुख जिल्ला घिमिरेले बताउनु भयो । मलंगवा वडा नं.२ का वडाअध्यक्ष धिरेन्द्र साहले भने शिक्षालय प्रमुख यादवले प्रकृया मिचेर बिधार्थी भर्ना गरेको उजुरी हाम्रो कार्यालयमा पनि परेको छ ।
पटक– पटक वहाले प्रकृया मिचेर बिधार्थी भर्ना गर्दै आउनु भएको छ । यो चोटी तालिम परिषद मधेश प्रदेशका उपनिर्देशक सहितका टोलीले छापा मारेको छ । प्रविधिक शिक्षालय मलंगवाका प्रमुख यादवले प्रकृया मिचेर बिधार्थी भर्ना गरेको कुरालाई हामिले बिरोध गर्दै निज माथि आवश्यक कार्वाहीको लागि जोडदार माग गरेको मलंगवा वडा नं.२ का वडाअध्यक्ष धिरेन्द्र साहले भने ।
सन्त अल्पमाई रामनारायण यादव बहु प्रविधिक शिक्षालय मलंगवामा प्रमुख बनेर आएदेखि बिरेन्द्र बाबु यादव विवादित बन्दै गएको छ । वहाको तुक्ष रवैया र व्यवहारका कारण प्रविधिक शिक्षालय मलंगवामा कार्यरत कर्मचारी र बिधार्थीहरु समेत दुखि रहेको एकजना कर्मचारीले बताए । आफनो पहुच मन्त्री सम्म रहेको भन्दै सबैलाई अभद्र व्यवहार गर्दै अएको छ । प्रमुख यादव संग यस शिक्षालयमा कार्यरत सबै जना दुखि रहेको बताईएको छ ।