Loktantra Khabar National Weekly
Ad

नेपाल पत्रकार महासंघ शाखा सर्लाहीमा ताला बन्दी

लोकतन्त्र खबर
१९ मंसिर २०८१

बखतियार अलि–
सर्लाही १९ मंसिर । नेपाल पत्रकार महासंघ शाखा सर्लाहीमा तेस्रो पटक ताला बन्दी गरिएको छ । प्रेस मंच नेपाल नेपालका जिल्ला अध्यक्ष कृष्णा सिंह, मधेशी पत्रकार समाजका जिल्ला अध्यक्ष रामगोविन्द राय यादव र समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष बिधानन्द राय लगायत पत्रकारहरुको टोलीले नेपाल पत्रकार महासंघ शाखा सर्लाहीमा तेस्रो पटक तालाबन्दी गरेको हो ।

 

पत्रकार सुद्धिकरणको नाममा पदिय दायित्व बोकेका केहि व्यतिmहरुले आफनो नजिकका व्यतिmलाई सदस्यता बितरण गरेर लामो समय देखि पत्रकारिता गर्दै आएको पत्रकारहरुको सदस्यता खारेज गरेपछि आफुहरु तेस्रो पटक तालाबन्दी गर्न बाध्य भएको बताएको छ ।

 

आफुहरुको मागलाई नेपाल पत्रकार महासंघले सम्बोधन गरेन भने मधेश प्रदेशमा चुनाब कुनैपनि हालतमा हुन सकदैन । हामिहरु चरणवद्ध रुपमा कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने आन्दोलनरत संस्थाहरुले बताएको छ । पत्रकारिता गरिरहेको व्यतिmलाई सदस्यताबाट बंचित राख्नु कुनैपनि हालतमा राम्रो होईन ।

 

महासंघले सबै पत्रकारलाई लिएर अगाडी बढनुको बिकल्प नरहेकोले गलतीहरुलाई समयमै सचियाउनु पर्ने आन्दोलनरत पत्रकार आवद्ध संस्थाहरुले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: