Loktantra Khabar National Weekly
Ad

सशस्त्र प्रहरीको ज्यादती प्रति मलंगवाका व्यापारीहरु आन्दोलित, दोषी माथि कार्वाही हुने प्रजिअ अधिकारीको भनाई

लोकतन्त्र खबर
१९ मंसिर २०८१

बखतियार अलि–
सर्लाही १९ मंसिर । मंगलवार राती ११ बजेको समयमा सशस्त्र प्रहरी बलका एक टोलीले मलंगवा नगरपालिका वार्ड नं. ९ मा घर भई बस्ने राजेन्द्र महतोको घरमा अचानक एक ट्रक प्रहरी सहितको टोलीले छापा मारेको थियो ।

 

यस घरमा तस्करीको माल समान रहेको छ, भन्दै प्रहरीले महतोको घरमा छापा मारेको बताउदै ज्यादती गर्न थालेपछि घटना स्थलमा आफु सहित केहि व्यतिmहरु पुगेर सशस्त्र प्रहरीलाई हारगुहार गरेपनि बरबरता पुर्ण तरिकाले प्रहरीहरुको टोलीले महतोको सशस्त्र प्रहरीमा छापा मारेको मलंगवा वार्ड नं. ९ का वडाअध्यक्ष चन्देश्वर रायले बताउनु भयो ।

 

रातीको ११ बजेको समयमा छापामार शैलीमा सशस्त्र प्रहरीले घरमा प्रवेश गरेपछि घरमा सुतिरहेको महिला, बच्चाहरु डरले आतंकित बनेको थियो वडाअध्यक्ष रायले बताए । प्रहरीले महतोको घरमा घण्टौ छापा मारेपनि कुनैपनि समान बरामद भएको थिएन ।

 

यसरी बरबरता पुर्ण तरिकाले अचानक राती सबै जना सुतिरहेको समयमा दुख दिने नियतले सशस्त्र प्रहरीले छापा मार्नु गलत रहेको बताउदै बुधवार मलंगवाका व्यापारीहरुले आन्दोलन गर्ने चेतावनी दिदै बैठक गरेको थियो ।

 

मलंगवा वार्ड नं. ९ का वडाअध्यक्ष चन्देश्वर रायको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाको प्रमुख आतिथ्यमा बसेको बैठकमा उधोग वाणिज्य संघका मलंगवाका महासचिव सुजय राय, चेम्बर अफ कमर्शका पदाअधिकारी संजय गुप्ता, संतोष दास, सर्लाही क्याम्पसका अध्यक्ष नागेश्वर राय यादव लगायत सैकडो महिला र पुरुष मलंगवाका व्यापारीहरुले बैठक वृहत छलफल गरेको थियो ।

 

छलफलमा व्यापारीहरुले भने प्रहरीले आफै सिमापारीबाट सैसा खाएर तस्करी गराउने पछि आफै फेरि छापा मारेर व्यापारीलाई दुख दिने गरेको बताए ।

 

चर्चित व्यापारी रविन्द्र साहले भने केहि दिन पहिला पनि प्रहरी तथा भंसार कार्यालय सर्लाहीका कर्मचारीहरुले विनायक स्टोर्स तथा अशोक किराना पसलमा छापा मारेर स्थानीय व्यापारीलाई दुख दिएको थियो ।

 

स्थानीय व्यापारी सतिश राउतले भने प्रहरीलाई व्यापारीले पैसा नदिएपछि अनाहकमा दुख दिने मानसिकताले ग्रसित भएर छापा मार्ने गरेको राउतको आरोप थियो ।

 

बैठकमा बसेका सबै व्यापारीहरुले सशस्त्र प्रहरी बलको ज्यादतीको बारेमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई पहिला जानकारी गराउने निर्णय गरेको थियो ।

 

बुधवारनै बैठक पछि व्यापारीहरुको एकटोली जिल्ला प्रशासन कार्यालय मलंगवामा पुगेर प्रजिअ अधिकारीलाई घटनाको विषयमा जानकारी गराएका थिए ।

 

वडाअध्यक्ष चन्देश्वर राय, उधोग वाणिज्यको तर्फबाट महासचिव सुजय राय र चेम्बर अफ कमर्शको तर्फबाट संजय गुप्ताले व्यापारीहरुको समस्या र प्रहरीको ज्यादतीको विषयमा कुरा राखेका थिए ।

 

उनीहरुले भने मलंगवाको व्यापार व्यवसाय एकदम कमजोर भएको छ । प्रहरीको आतंक सृजना भएको खण्डमा व्यापार व्यवसाय चौपट भएर व्यापारीहरु पलायन हुने देखिएकोले समस्याको तुरुन्तै समाधान गरिनु पर्दछ ।

 

अन्यथा यहाका व्यापारीहरु प्रहरीको बिरुद्धमा आन्दोलन गर्न बाध्य हुने बताए पछि प्रजिअ अधिकारीले व्यापारीहरुको कुरालाई गंम्भिरताका साथ लिदै मंसिर १८ गते रातिको घटनाको बिषयलाई लिएर हामि छानबिन गर्दैछौ बताउनु भयो ।

 

गोप्य सूचनाको आधार प्रयाप्त नभएपछि प्रहरीले रातीको समयमा किन र कसरी चेकजाँच गर्न गयो । छापा मारेपछि केहि सामानहरु फेला परेन । सूचना दिने व्यतिmको बारेमा पनि हामि छानबिन गर्ने वहाले बताए ।

 

सूचनाको आधार ठोस नभएपछि कसको आदेशमा प्रहरीहरुले घरमा छापा मारेको थियो । यसको बारेमा गहन छानबिन हुनेछ । नागरिकको सुरक्षा प्रहरीको पहिलो कर्तव्य हो । दुख दिने मानसिकता प्रहरीको हुनै सकदैन ।

 

यस घटनाको फुल रिर्पोट मईले मागेको छु । दोषी देखिए प्रहरी माथि कार्वाही हुने प्रजिअ अधिकारीले प्रतिबद्धता व्यतm गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: