लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २३
सर्लाहीको सदरमुकाम मलंगवामा लैङ्गिक हिंसा विरुद्धको सन्देशमुलक सडक नाटक मञ्चन गरिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा शनिवार १३ औं दिन मलंगवा नगरपालिकाको आयोजनामा सडक नाटक मञ्चन गरिएको हो ।
विभिन्न संघ संस्था तथा सरोकारवाला निकायको उपस्थितीमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम पश्चात कौडेनाका स्थानीय कलाकारहरु द्वारा बाल विवाह,दाइजो प्रथा तथा लैंगिक हिंसा विरुद्ध सन्देशमुलक सडक नाटक मञ्चन गरिएको छ।
मलंगवा नगरपालिकाको प्रांगणमा आयोजना भएको कार्यक्रमको अवसरमा १६ दिने अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि ,सरोकारवाला तथा पत्रकारहरुलाई समेत नगरपालिकाले कदरपत्र द्वारा सम्मान गरेका थिए।
नगरप्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कबिलासी नगरपालिकाका उपप्रमुख पुनम कर्ण, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनी,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक बालिस्टर सिंह ,वडा नम्बर -९ का वडाअध्यक्ष चन्देश्वर राय ,पत्रकार ,नगरपालिकाका कर्मचारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: