Loktantra Khabar National Weekly
Ad

पत्रकार महासंघको केन्द्रीय सदस्यमा सर्लाहीका बख्तियार अलीको उम्मेदवारी

लोकतन्त्र खबर
२५ मंसिर २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २५
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यको लागि सर्लाहीका पत्रकार बख्तियार अलीले उम्मेदवारी दिएका छन्।
मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको ५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि पत्रकार अलीले अल्पसंख्यक कोटाबाट उमेदवारी दिएका हुन् । विगत दुई दशक भन्दा बढी समयदेखि पत्रकारितामा लागेका पत्रकार अली एभिन्युज टेलिभिजनका लागि सर्लाही जिल्ला सम्वाददाताको रुपमा कार्यरत छन् ।
उनले श्रमजीवी पत्रकारहरुको साझा प्यानलबाट उमेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: