Loktantra Khabar National Weekly
Ad

यु एन एफ पि ए नेपाल द्वारा सर्लाहीको कुनैपनि अस्पतालमा नभएको प्रणाली कौडेनाको सामुदायिक अस्पताललाई हस्तान्तरण

लोकतन्त्र खबर
१० पुष २०८१

मनोज यादव
सोमबार, पुस १०
सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर-२ फुलपरासी स्थित सामुदायिक अस्पताललाई अस्पतालमा आधारित फोहर मैला विसर्जन प्रणाली हस्तान्तरण गरिएको छ।
नर्वे सरकारको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय जनसंख्या कोष९यु एन एफ पि ए०नेपालले संचालन गरेको रिया परियोजना अन्तर्गत सामुदायिक अस्पताल फुलपरासीलाई लगभग ८ लाख बराबरको लागतमा निर्माण गरिएको अस्पतालमा आधारित फोहर मैला विसर्जन प्रणाली हस्तान्तरण गरिएको हो।
रिया परियोजना विगत २ वर्षदेखि सर्लाहीको गोडैता नगरपालिका तथा बसबरिया,विष्णु र कौडेना गाउँपालिकामा संचालनमा रहेको र सोही परियोजना अन्तर्गत निर्माण गरिएको यस किसिमको नमुना प्रणाली सर्लाही जिल्लाको कुनैपनि अस्पतालमा उपलब्ध नरहेको यु एन एफ पि ए का जिल्ला कार्यक्रम विज्ञ बच्चालाल महतोले जानकारी गराएका छन् ।
यसअघि रिया कार्यक्रम बाट स्वास्थ्य सेवा गुणस्तरीय बनाउनको लागि पालिकाको मागअनुसार कौडेनासहित जिल्लाको गोडैता नगरपालिका,विष्णु गाउँपालिका र बसबरिया गाउँपालिकालाई ९ लाख ५० हजार रुपैयाँ बराबरको मेडिकल उपकरण तथा औजारहरु पनि वितरण गरिसकिएको महतोेले जानकारी गराएका छन्।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि यु एन एफ पि ए नेपालका प्रदेश प्रमुख डाक्टर नरेन्द्र कुमार मिश्रले
सोही परियोजना मार्फत सामुदायिक अस्पताल फुलपरासीमा डाक्टर तथा नर्सहरुलाई विशेषखाले तालिम प्रदान गर्न १० लाख रुपैयाँ बराबरको लागतमा जिल्लाको एकमात्र तालिम केन्द्रको निर्माणकार्य तिब्र गतिमा चलिरहेकोले यो तालिम केन्द्र केही दिन भित्रै संचालनमा आइसक्ने जानकारी गराएका छन् ।उनले बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कौडेनाका २५ जना भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई विभिन्नखाले तालिमहरु समेत प्रदान गरिसकेको बताए । उनले यो सँगै विद्यालयहरुमा किशोर किशोरी मैत्री सूचना केन्द्र स्थापना गरेर विद्यार्थीहरुमा सकारात्मक परिबर्तन ल्याउन मद्दत गरेको बताए ।
हस्तान्तरण पत्र ग्रहण गर्दै गाउँपालिका उपाध्यक्ष नगीना देवी यादवले फोहर मैला विसर्जन प्रणालीको मद्दतबाट अस्पतालमा हुने फोहरहरु एक ठाउँमा जम्मा गरेर पुर्णरुपमा नष्ट गर्न मद्दत मिल्ने बताइन् । जिल्लाको कुनैपनि अस्पतालमा नभएको यस किसिमको महत्त्वपूर्ण प्रणाली सामुदायिक अस्पताल फुलपरासीलाई उपलब्ध गराएकोमा यु एन एफ पि ए नेपाल र आड्रा लाई धन्यवाद दिंदै सोही कार्यक्रम मार्फत उनले संस्था द्वारा संचालन हुने परियोजनाहरु बाट अस्पताललाई आवश्यक पर्ने थप अन्य सामाग्रीहरु उपलब्ध गराउन आग्रह गरेकी छिन् । उनले सोही कार्यक्रममा अस्पतालको तर्फबाट यु एन एफ पि ए नेपाल र आड्राका प्रतिनिधिहरुलाई धन्यवाद स्वरुप प्रसंशापत्र समेत प्रदान गरेकी छिन्।
गाउँपालिका उपाध्यक्ष नगीना देवीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा आड्राका केन्द्रीय प्रतिनिधि निलकण्ठ गौतम ,निर्मल कुशवाहा,कौडेना-६ का वडाअध्यक्ष उमेश यादव,वडा नम्बर -७ का वडाअध्यक्ष विजय यादव,वडा न-४ का वडाअध्यक्ष राम विश्बास,वडा न-१ का वडाअध्यक्ष राजेश पटेल ,वडा नम्बर -३ का वडाअध्यक्ष पचु चौधरी ,स्वास्थ्य शाखा प्रमुख ,अस्पतालका मेडिकल अधिकृत डाक्टर रणधिर यादव,अस्पतालका कर्मचारी लगायत पत्रकारहरुको उपस्थितिमा प्रणाली हस्तान्तरण गरिएको कार्यक्रमका संचालक सिअहेव बिरेन्द्र रायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: