Loktantra Khabar National Weekly
Ad

जनकपुर बोल्ट्सलाई सर्लाहीको सदरमुकाम मलंगवामा भव्य स्वागत

लोकतन्त्र खबर
१४ पुष २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस १४
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सलाई सर्लाहीको सदरमुकाम मलंगवामा भव्य स्वागत गरिएको छ ।
मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेडमा निस्किएका जनकपुर बोल्ट्सका खेलाडीहरु सनिवार साँझ मलंगवा आइपुगेका थिए। च्यामपियन ट्रफीसहित मलंगवा आइपुगेका  जनकपुर बोल्ट्सका खेलाडीहरुलाई मलंगवाको चोक चोकमा स्थानीयहरुले भब्य स्वागत गरेका थिए ।
प्रदेशको राजधानी जनकपुरधाम बाट सुरु भएको ट्रफी परेड सर्लाही पछि रौतहटमा र तेस्रो दिन आइतबार बारा र पर्सामा तथा अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिने बताइएको छ ।
गत शनिबार भएको फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्: