![](https://www.loktantrakhabar.com/wp-content/uploads/2025/01/1000108558.jpg)
मनोज यादव—
सर्लाही,माघ २५
घडेरी साटासाट गर्ने भनेर आफ्नै भारदारले झुक्याएर लाखौं रुपैयाँ पर्ने घडेरी हडपे पछि सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा न-३,भेल्ही निवासी प्रभु दयाल साह तेलीको परिवार विचल्लीमा परेका छन्। सोही ठाउँ बस्ने दिपनारायण साहको छोरा श्री कपुर साह तेलीले झुक्याएर लाखौं रुपैयाँ बराबरको घडेरी हडपेको भन्दै पिडित साहले निज विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी र जिल्ला अदालत सर्लाहीमा मुद्दा समेत दर्ता गराइसकेका छन् ।
पिडित प्रभु दयालले दिएको जाहेरी अनुसार श्री कपुर साह तेलीले गाउँ ब्लक ९७ को साविक गाविस भेल्ही वडा न-८ को किता न. ३१ को क्षेत्रफल १८०.३० वर्ग मिटर सोही ठाउँको किता न.४२ को क्षेत्रफल ७४.१० वर्ग मिटर ,सोही वडाको कि.न ५० को क्षेत्रफल ११६.५० वर्ग मिटर नापी टोली कार्यालयको फिल्ड बुक अनुसार मेरो र मेरी श्रीमती सुमित्रा देवी साहको नाउँबाट लगभग २२ धुर घडेरी श्री कपुरले सहमति अनुसार पाएपछि १० कठ्ठा खेत जुनसुकै ठाउँबाट दिने भनि २०७७ साल पुस ७ गतत्रिभुवननगर प्रहरी चौकीमा वडा न-३ का वडाअध्यक्ष लगायत गाउँका अन्य भद्रभलादमीहरुको रोहवरमा लिखित सहमति पत्र तयार गरि दुबै पक्षको सहीछाप समेत गरिएको तर श्री कपुरले मेरो भोगमा रहेको सो जग्गा पहिला निजको नाममा दाखिल खारेज गरेपछि मात्र निजले आफ्नो नाउँको जग्गा मलाई पास गरिदिने भनि विश्वास दिलाई मौखिक रुपमा सहमति गराइ मलंगवा स्थित मालपोत कार्यालयमा लगेर आफ्नो नाममा जग्गा दर्ता गराए पनि निज श्री कपुरले सहमति भए अनुसार आफ्नो नामको जग्गा मेरो नाममा दर्ता नगरेको पिडित साहले बताए। निजलाई आफ्नो नाममा जग्गा पास गरिदिन भनि पटकपटक हारगुहार गर्दा पनि श्री कपुरले बेइमानीको नियतले धाकधम्की दिने गरेको पिडित साहले दुखेसो पोखेका छन् ।
बडा अध्यक्ष लगायत गाउँका भद्रभलादमीहरुको उपस्थितिमा जग्गाको बदला जग्गा दिने सहमति गरेपनि बेइमानीको नियतले सहमति तोडेर जग्गा हडपने श्री कपुरलाई पक्राउ गरि झुक्याएर हडपेको जग्गा तुरुन्त फिर्ता गराइ दिन पिडित साहले अदालत र प्रशासनलाई गुहारेका छन् ।