Loktantra Khabar National Weekly
Ad

९ करोड बढि निक्षेप संकलन गर्ने खुसिलाल सम्मानित

लोकतन्त्र खबर
२७ पुष २०८१

बखतियार अलि–
सर्लाही २७ पुष । राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेड प्रधान कार्यालय मलंगवाको २४ औँ वार्षिक साधारण सभाको अवसरमा देश भरिबाट सबै भन्दा बढि निक्षेप संकलन गर्ने संस्थाका फिल्ड कार्यकर्ता मलंगवाका खुसिलाल राय सम्मानित भएको छ ।

 

२४ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबै भन्दा बढी ९ करोड ८४ लाख २५ हजार ९ सय ८३ रुपैया निक्षेप संकलन गरेर सर्वोउत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल रायलाई कदरपत्र र पुरस्कार द्वारा सम्मानित गरिएको छ ।

 

यादवसंगै ८ करोड ८२ लाख ५ हजार ८० रुपैया निक्षेप संकलन गरेर दोस्रो स्थान हासिल गर्न सफल मलंगवाकै सतिश कुमार मल्लिक र सेवाकेन्द्र जनकपुरका सुनिल प्रसाद सिंहले ७ करोड ७३ लाख ६६ हजार ३ सय ५ रुपैया निक्षेप संकलन गरेर तेस्रो स्थान हासिल गर्न सफल भएका दुबै जनालाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कारले सम्मानित गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: